अर्जुनधारा ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि झापा क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएका छन् ।
नेकपा एमाले परित्याग गरेका हरिकुमार रानाले प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट साझा उम्मेद्वारका रुपमा मनोनयन पत्र दर्ता गराएका छन् ।
त्यसैगरी नेकपा (एकीकृत समाजबादी) का पुष्पराज पोखरेलले प्रदेशसभा सदस्यका लागि झापा क्षेत्र नम्बर २ (क) बाट (ख) बाट नेपाली कांग्रेसका खगेन्द्र मैनालीले उम्मेद्वार मनोनयन दर्ता गराएका हुन् ।
गठबन्धनका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा आइतवार (आज) मनोनयन दर्ता गराइएको नेकपा (एकीकृत समाजबादी) का झापा उप–सचिव तथा प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिएका छन् ।