झापा ।
नेकपा एमाले परित्याग घोषणा गरेका युवा नेता डम्बरबहादुर गिरीले स्वतन्त्रबाट प्रतिनिधिसभाको उम्मेद्वार मनोनयन पत्र दर्ता गराएका छन् ।
झापा क्षेत्र नम्बर ३ बाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि आइतवार (आज) गिरीले मनोनयनपत्र दर्ता गराएका हुन् । युवा नेता गिरीले दर्ता गराएको मनोनयन पत्र क्रम संख्या ८ रहेको छ भने उनले आज (आइतवार) १ बजेर १२ मिनेटमा मनोनयन पत्र दर्ता गराएका छन् ।
त्यसैगरी झापा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले संघीय संसदका लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।