झापा । 

नेकपा एमाले जिल्ला सदस्य तथा सचिवालय सदस्य डम्बरबहादुर गिरीले नेकपा एमाले परित्याग गरेको छन् । गिरीले सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

‘विगत २०६२/०६३ को जनआन्दोलनसँगै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा रुपान्तरण गर्ने अभियानमा नेकपा एमाले मार्फत संगठित भएर नेकपा एमालेको साविक जलथल गाउँ कमिटी अध्यक्ष, क्षेत्रीय कमिटी क्षेत्र नं. ३ को अध्यक्ष, युवा संघ नेपाल झापाको अध्यक्ष हुँदै हाल नेकपा एमाले झापा जिल्ला कमिटी सचिवालय सदस्य एवंम् क्षेत्र नं. ३ को सचिव समेतको जिम्मेवारीमा रहेको सर्वविदित्तै छ ।’

अहिलेको राष्ट्रिय आवश्यकता आर्थिक सामाजिक रुपान्तरणको माध्यमबाट समाजवादका आधारहरु निर्माण गर्दै समृद्ध नेपाल, सुखि नेपालीको राष्ट्रिय आकाक्षालाई साकार पार्नका लागि गठबन्धन होइन बलियो राष्ट्रिय शक्ति आजको आवश्यकता हो । त्यसका लागि नेकपा एमालेले नेतृत्व गर्नुपर्छ भन्ने आम नेपाली जनताहरुको चाहाना विपरित झापा क्षेत्र नं. ३ मा पुरातन पंचायति शैलीको पार्टी राप्रपासँग तालमेल गर्ने निर्णय आम पार्टी नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहाना र मुलुकको हित विपरित रहेको ठहर गर्दै नेकपा एमालेको सबै जिम्मेवारीबाट आजकै मितिबाट राजिनाम गरेको घोषणा गर्दछु ।

साथै उनले हिजै स्वतन्त्र उम्मेदवारी दिने घोषणा समेत गरेका थिए ।