अर्जुनधारा  ।

नेकपा एमाले झापाका नेता तथा अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरिकुमार रानाले पार्टी परित्याग गरेका छन् ।  रानाले आफुले एमाले परित्याग गरेको पुष्टी गरेको जानकारी दिदैं मिले गठबन्धनका तर्फबाट उम्मेद्वार बन्न सक्ने बताएका छन् ।  

एमाले परित्याग गरेसँगै राना गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) को हँसिया हथौडा चुनाव चिन्ह लिएर झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने भएका छन् । त्यसका लागि आज मनोनयन दर्ता गर्ने तयारी भएको माओवादी झापा संयोजक राजु आचार्य (अग्नि) ले बताएका छन् । 

राना तत्कालीन नेकपा (माले) मा २०३९ सालदेखि आवद्ध रहेका थिए । २०४९ र २०५४ सालमा शनिश्चरे गाबिसको दुई पटक एमालेबाट अध्यक्ष भए थिए । उनी २०७४ सालमा अर्जुनधारा नगरपालिकाको मेयर भएका थिए । नेकपा एमालेको प्रदेश कमिटी सदस्य रहेका राना लोकप्रिय जनप्रतिनिधिका रुपमा परिचित छन् । 

गठबन्धनको तर्फबाट झापा क्षेत्र नम्बर २ माओवादी केन्द्रको भागमा परेको छ । पूर्व सभासद धर्मशीला चापागाई उम्मेदवार हुने चर्चा भए पनि गठबन्धनका तर्फबाट रानालाई उम्मेदवार बनाउने भएको हो । एमालेका असन्तुष्ट समूहको समर्थनमा समेत राना उम्मेदवार बनेका हुन् । यता नेकपा (एकीकृत समाजबादी)का झापा उपाध्यक्ष प्रत्युस रानाले एमाले परित्याग गरेको बताउँदै झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको गठबन्धनका तर्फबाट साझा उम्मेद्वार बन्ने बताएका छन् ।