बिर्तामोड ।
झापा क्षेत्र नम्बर २ बाट गठबन्धनको साझा उम्मेद्वार नेकपा (माओवादी केन्द्र) की पोलिट ब्यूरो सदस्य धर्मशीला चापागाई बन्ने पक्का भएको छ । झापाका ५ वटा निर्वाचन क्षेत्र मध्ये २ नम्बर क्षेत्र पाएको माओवादी केन्द्रले नेत्रृ धर्मशीला चापागाईलाई उम्मेद्वार बनाउने भएको हो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि चापागाईलाई गठबन्धनका तर्फबाट साझा उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको जनाइएको छ ।
धर्मशीला २०६३ सालमा अन्तरिम विधायीका बनेकी थिइन् भने २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं ४ बाट निर्वाचित भएर राज्यमन्त्री समेत बनेकी थिइन् । २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन नलडेकी उनी समानुपातिक सांसद बनेकी थिइन् ।