हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाका निर्वतमान उपाध्यक्ष डम्बरबहादुर गिरीले प्रतिनिधि सभामा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समयदेखि नेकपा एमालेमा आवद्व भई सक्रियताका साथ राजनीतिमा लागेका गिरी नेकपा एमालेका जिल्ला सदस्य तथा सचिवालय सदस्य समेत रहेका छन् ।  

झापा क्षेत्र नम्बर ३ लाई बिकास र समृद्धि तीर डोर्याउने यात्रामा अग्रसर भुमिका खेलेका गिरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। हकि स्वभाव, निडर, साहसी, क्षमतावान् गिरी युवाहरूमा लोकपृय छन्। झापा ३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला धेरै पुरानो नेता भएको र राप्रपाको तर्फको उम्मेदवार  राजेन्द्र लिङ्देनको पनि कार्यकाल उपलब्धि मुलक नरहेको बिकास निर्माण र सांसद कोषको पैसाको हिसाब पारदर्शी नभएको अवस्थामा नयाँ युवाले उम्मेदवारी दिने घोषणाका हुन्।

स्रोतले दिएको जानकारी अनुसार समर्थकमा मोहनचन्द्र रेग्मी र  प्रस्तावकमा लोकनाथ भट्टराई रहने बताइएको छ। स्थानीय चुनाब यता गिरीले क्षेत्र ३ का २८ वडाहरूका १२७ संघ/संस्थासँग जोडिएर चुनावी अभियान भित्री रूपमा चलाएको र १२७ संघ र संस्थाले साथ दिने र यस पटक नयाँ संसदको रूपमा गिरीलाई साथ दिने भएका छन्।

गिरी हल्दिबारीका स्थानीय बासिन्दा हुन् । उनी राजनीतिक बाहेक समाजसेवा, संघ/संस्थाहरूमा सक्रिय तथा कुसल ब्यवसायी समेत हुन् ।