झापा ।
नेकपा एमालेले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँच वटैं निर्वाचन क्षेत्रमा उम्मेदवारी तय गरेको छ ।अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको नाम फाइनल भएको स्रोतले जानकारी दिएको छ । केही निर्वाचन क्षेत्रमा भने अन्तिम नाम आउन बाँकी रहेको भए पनि दुईजनाको नाममा छलफल भइरहेको जनाइएको छ ।
यसै उम्मेद्वारको नामावलीलाई अन्तिम नाम हो भनेर अहिले नै किटान गरिहाल्न नमिल्ने जनाउँदै कतिपय संघका आकांक्षीलाई प्रदेशसभामा पठाइएको र उनीहरुको सहमति पछिमात्र उम्मेदवारको टिकट बनेर जिल्लामा आइपुग्ने भएकाले केही नाम फेरबदल पनि हुने पार्टीले जनाएको छ ।
झापाबाट प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नं. १ मा अग्निप्रसाद खरेल, क्षेत्र नं. २ मा देवराज घिमिरे, क्षेत्र नं. ३ मा तालमेलका लागि खाली, क्षेत्र नं. ४ मा लालप्रसाद सावाँ र क्षेत्र नं. ५ मा केपी शर्मा ओलीको उम्मेदवारी रहने पार्टीले जनाएको छ ।