झापा।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनले भागबन्डा टुङ्ग्याएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सिट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी भाग बण्डा टुङ्याएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा (माओवादी केन्द्र) लाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । 

बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ । लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । कांग्रेस स्रोतका अनुसार गठबन्धनको नव प्रवेशी दल लोसपालाई प्रतिनिधिसभा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक छन् । 

झापाको पाँच निर्वाचन क्षेत्रमध्ये चारवटा १, ३, ४ र ५ कांग्रेसले पाएको छ भने २ नं क्षेत्र माओवादीले हात पारेको छ । त्यस्तै जिल्लाका १० वटा प्रदेश क्षेत्रमध्ये पाँचवटा कांग्रेसलाई, चारवटा माओवादीलाई र एउटा एकीकृत समाजवादी पार्टीलाई दिने सहमति भएको स्रोतले बताएको छ ।