• रन्जित परियार 

अर्जुनधारा । 

झापाको अर्जुनधारा ११ को महारानीगञ्ज माध्यमिक बिद्यालयले स्मारिका २०७९ बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । २०१९ सालमा स्थापित बिद्यालयले लिखित दस्तावेजको रुपमा बिजय दसमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा स्मारिका प्रकाशन गरेको हो ।

स्मारिकाको समिक्षा साहित्यकार कृष्ण बराल र जगतबहादुर मगरले गरेका थिए । कार्यक्रममा साहित्यकार केशव आचार्य, पुन्य खरेल, माया मितु अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गिता राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्मारिकाको सम्पादक पूर्व प्रधानाध्यापक हस्त परियार रहेका छन् भने सह सम्पादक लबकुस गौतम सदस्यहरु लीलाधर चौलागाईं, पुन्य सुबेदी, भगवती कोइराला, सूर्यप्रसाद सापकोटा ,रोहितकुमार भट्टराई रहेका छन् ।  कार्यक्रममा विद्यार्थीहरुले रोचक नृत्यहरु प्रस्तुत गरेका थिए भने सम्पादक मण्डललाई सम्मानसमेत गरिएको थियो । 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रोहितमान ढकालको अध्यक्षता सञ्चालित कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख बलदेव गोम्देनको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा स्वागत प्रधानाध्यापक मनकुमार  लिम्बु र सहजीकरण सहायक प्रध्यानाध्यापक लीलाधर चौलागाईंले गरेका थिए ।