झापा ।
आगामी मंसिर ४ गते सम्पन्न हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि पाँचथरबाट स्वतन्त्र पदमा उम्मेद्वार बनेका युवा नेता एलबी पालुङ्वा प्रतिनिधिसभाका लागि उम्मेद्वार बन्ने पक्का भएको छ ।
केही समय अघि उम्मेद्वार घोषणा गरेका नेता पालुङ्वाको प्रदेश वा प्रतिनिधिसभा उम्मेद्वारी भन्ने टुङ्गो नभएको बताउँदै अहिले प्रतिनिधिसभाकै उम्मेद्वार बन्ने पक्का भएको पालुङ्वाले जानकारी दिएका छन् ।
पाँचथरबाट स्वतन्त्र उम्मेद्वारी दिन लागेका युवा नेता पालुङ्वा शैक्षिक रुपमा योग्य र अब्बल युवा नेताका रुपमा परिचित रहेका छन् ।
जीवनको अन्तिम खालखण्डसम्म पनि पाँचथरे जनताको सेवामा लागिरहने बताउने युवा नेता पालुङ्वा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्रबाट उम्मेद्वारी दिने बताउँछन् ।
युवा नेता पालुङ्वा हाल पाँचथरका प्रत्येक सर्वसाधारणका घर–घरमा गएर उनीहरुको दुःख, सुख बुझ्ने र उनीहरुको दुःख सुखका बिषयमा छलफल गरिरहेका छन् ।