झापा । 

क्रान्तिकारी युवा लिग, नेपाल (आरवाईएल) ले सिमा क्षेत्रमा प्रहरी प्रशासन नै राजश्व छलि र तस्करीमा संलग्न रहेको आरोप लगाएको छ । क्रान्तिकारी युवा लिग, नेपालले आइतवार(आज) बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी प्रहरी प्रशासनकै मिलेमत्तोमा भञ्सार छलि र तस्करी हुने गरेको आरोप लगाएको हो ।

पूर्वी नेपाल–भारत सिमानाबाट हुने तस्करी नियन्त्रण गर्ने उदेश्यका साथ गत असोज ६ गते विहान ४ बजे भद्रपुरस्थित देउनीयामा आरवाईएलको समुहले पक्राउ गरेको भञ्सार छलि गरेर ल्याएको सामान लामो समयपछि राजश्व अनुसन्धान कार्यालय इटहरी पुग्दा सामानसहित बिल समेत पुगेकोले प्रशासनको पनि भञ्सार छलि तथा तस्करीमा संलग्न रहेको देखिएको आरोप लगाएको हो । 

आरवाईएलको समुहले प्रदेश १–०१–००१ च. ७७९५ नम्बरको पिकअपमा ३५ देखि ४० लाख रुपैयाँ मूल्य बराबरको राजश्व छलि गरेर ल्याएको कपडाको गाडी रोकेर प्रहरीलाई खवर गर्दा ढिलो गरी आएकाले पनि प्रहरीको मिलेमतो देखिएको क्रान्तिकारी युवा लिग, नेपालका केन्द्रिय सचिव तथा प्रदेश नम्बर १ अध्यक्ष रबिन लिम्बुले बताएका छन् । 

केचनाबाट भञ्सार छलि आएको गाडी आरवाईएलको समुहले देउनियाबाट नियन्त्रणमा लिएर प्रहरी प्रशासनमा बुझाएर इटहरी पुग्दा बिलसहित पुगेको लिम्बुले आरोप लगाएका छन् । 

सोही क्रममा सामान रुगेर बसेका आरवाईएलका युवाहरुलाई सामान धनिको समुहले सांघेतिक आक्रमण गर्दा राजेन्द्र राई र प्रदीप राई घाइते भई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत रहेको लिम्बुले जानकारी दिए । ‘भद्रपुरको एउटा ब्यक्तिको गोदामबाट गएको सामान इटहरी पुग्दा अर्कै ब्यक्तिको नाममा बिल बनेको पाइएको छ ।’ लिम्बुने भने । 

भष्ट्राचार, अन्याय, असमानता, उत्पीडनको बिरुद्धमा संघर्ष गर्दै आएको आरवाईएलका सदस्यहरुमाथि सांगेतिक हमला गर्ने समुहलाई पक्राउ गरी कारवाहीको माग समेत गर्न संगठनले माग गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा आरवाईएलका केन्द्रिय सदस्य तथा झापा अध्यक्ष जलन रुचाल, केन्द्रिय सदस्य तथा झापा उपाध्यक्ष बिक्रम बोहोरा, पार्टीको झापा सदस्य तथा आरवाईएलका प्रदेश सदस्य पासाङ शेर्पा, संगठनका झापा सदस्यलगायतको उपस्थिति रहेको थियो । 

taskar