हल्दिबारी । 

झापा हल्दिबारी गाउँपलिकाबाट स्थानीय तहको निर्वाचन २०७९ मा उम्मेद्वारी दिएका सबै उम्मेद्वार जरीवानामा परेका छन् ।स्थानीय तहको चुनावमा उम्मेदवारी दिएका तर चुनावी खर्च विवरण नबुझाएका र ढिलो गरी बुझाएका सबै उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना गरेको हो । 

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारी दिएका उम्मेदवारहरूलाई तीन लाख ५० हजार रुपैयाँका दरले र बाँकीसबै उम्मेदवारहरूलाई एक लाख ५० हजार रुपैयाँका दरले जरीमाना गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रसाद न्यौपानेले जानकारी दिए । 

उनका अनुसार अध्यक्ष पदका उम्मेदवारहरू रबिन्द्रप्रसाद लिङ्देन, डम्बरबहादुर गिरी, तुलसीप्रसाद ओली र भवानीप्रसाद दंगाल रहेका छन् । त्यस्तै उपाध्यक्षका उम्मेदवारहरूमा लक्ष्मी मैनाली, शान्तादेबी गौतम, लखन हेमराम, टीकादेबी राउत, गंगाप्रसाद शिवाकोटी रहेका छन् । वडा अध्यक्षहरू र वडा सदस्य पदमा उम्मेदवारी दिने अन्य एक सय जना  जनही एक लाख ५० हजार रुपैयाँका दरले जरिवानामा परेका हुन् ।