झापा । 

राष्ट्रीय प्रजातन्त्र पार्टी मोरङले आगामी मंसिर ०४ गते हुने निर्वाचनका लागि दुई हजार एक जना सदस्यीय रहेको चुनाव परिचालन समिति गठन गरेको छ । 

मोरङ जिल्ला अध्यक्ष माधवप्रसाद आचार्यको अध्यक्षतामा २ हजार एक जना सदस्यीय रहेको जिल्ला निर्वाचन परिचालन मुल समिति गठन गरेको हो । अध्यक्ष आचार्यको अध्यक्षतामा बसेको बिस्तारित बैठकले निर्वाचन परिचालन समिति गठन गरेको जनाइएको छ । 

समितिमा केन्द्रीय समितिका पदाधिकारी र सदस्य, प्रदेश पदाधिकारी र सदस्य, जिल्ला सल्लाहकार, पदाधिकारी र सदस्य, क्षेत्र र प्रादेशिक, महानगर, नगर, गाउँपालिका समिति, वडा समिति, वर्गीय संगठन का संयोजकहरू रहने गरी जिल्ला निर्वाचन परिचालन मुल समिति गठन गरिएको हो ।

 त्यसैगरी जिल्ला निर्वाचन परिचालन उप–समितिको संयोजकमा बिनय श्रेष्ठ, आर्थिक समितिमा पवन सुराना, प्रचारप्रसार समितिमा पुजेश कोईराला, साथै जिल्ला अनुगमन समितिमा केन्द्रीय महामन्त्री प्रहलादप्रसाद साहको संयोजकत्वमा अनुगमन समितिहरूको गठन गरिएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सह–प्रवक्ता दिनेश साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको बारेमा पार्टीका जिल्ला सदस्य कमल आचार्यले जानकारी दिएका हुन् ।