झापा । 

आज संविधान दिवस झापासहित देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । संविधान दिवसका अवसरमा (आज) सोमबार सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ । 

संघीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो । पहिलो संसदको कार्यकाल पनि शनिबार मध्यराति सकिसकेको छ । आगामी मंसिर ४ गते  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि हुँदैछ ।

जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट असोज ३ गते २०७२ मा संविधान जारी भएको थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । त्यसैको सम्झनामा आज संविधान दिवस झापाका बिभिन्न पालिका तथा स्थानमा बिबिध कार्यक्रम गरी मनाइदै छ ।