- चन्द्र बस्नेत
सुरुङ्गा ।
स्वतन्त्र समूह कनकाई वडा नम्बर ३ ले चन्द्र भेटवालको अध्यक्षतामा २१ सदस्यीय समिति निर्माण गर्दै वडा भेला सम्पन्न गरेको छ । श्री कृष्ण प्रणामी मन्दिर कनकाई ३ टप्पुमा सम्पन्न स्वतन्त्र समुहको भेलाले चन्द्र भेटवालको अध्यक्षतामा समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दिपक पाण्डे र दुर्गाप्रसाद भट्टराई, सचिवमा केदार कार्की उप–सचिव दुई मध्येपछि एक मनोनयन गर्ने गरि खोमनाथ पौडेल र कोषाध्यक्षमा राधादेवि दाहाल ढकाल सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा दुर्गा रिमाल, महेन्द्र खरेल, भुमिप्रसाद संग्रौला, राजकुमार न्यौपाने, टंक थापा, सोमनाथ खरेल, उमेश उप्रेती, देवीप्रसाद खरेल, डम्बरबहादुर दाहाल, राजन पराजुली, भिमप्रसाद दाहाल, माधव भेटवाल, टेकनारायण अधिकार, ख्याम निरौला र खगेन्द्र पाठक सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा स्वतन्त्र समुह प्रदेश १ का निर्वाचन परिचालन समितिका सदस्य युक्त भेटवालले राजनीतिदल भित्र रहेको भष्ट्र गतिविधिको आलोचना गर्दै दलहरुले सत्ता मोहका कारण जनभावना लत्याउने गरेको भन्दै यस्तो परिपाटीको विरोधमा स्वतन्त्र समुह लागेको वताएका छन् । भेटवालले विगत सम्झदै ‘पैसाखाएर भेट्वालले भोट बेच्यो’ भन्ने आरोपको खण्डन गर्दै केपि ओलि र गिरिजाप्रसाद कोईरालाको ग्राइन डिजाइन र तिनका मतियार हरुको सडयन्त्रमा उनको कन्चटमा पेस्तोल राखेर मतपेटिका कब्जा गरी उनले जितेको चुनावमा समेत उनलाई हराएको खुलासा गरेका छन् ।
त्यस्तै समुहका संयोजक शेरबहादुर थापाले हालका दलहरू सिद्धान्त अनुसार काम नगर्नाले स्वतन्त्र समुह जन्मिएको र अव यो स्वतन्त्र समुहको सक्तिलाई कसैले रोकेर रोक्न नसक्ने बताएका छन् । राम्रा काम गर्दा जनताले पक्कै पनि साथ दिन्छन र जनताको साथलाई सन्सारका कुनैपनि तागतले दवाउन सक्दैन भन्दै अव स्वतन्त्र समुहका कामहरुको मुल्यांकन गरि यस समुहलाई जनताले साथदिने कुरामा आफु बिस्वस्त रहेको भन्दै थापाले स्वतन्त्र समुहमा रहेका सबैखाले समुह एक भएर अगाडि बढ्ने बताएका छन् ।
हालसम्म कनकाई नगरका ६ वटा वडामा वडा समिति निर्माण भई सकेको र बाँकी ३ वटा वडामा पनि केहि दिन भित्रै समिति निर्माण गरिने स्वतन्त्र समुहका सदस्य दिननाथ खतिवडाले जानकारी गराएका छन् ।