सुरुङ्गा । 

 नेपाली कांग्रेस कनकाई नगरपालिका वडा नं–९ का कृयाशिल कार्यकर्ताको भेलाले गणेशप्रसाद उप्रेतीको सभापतित्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।  समितिको उपसभापतिमा शिव राजवंशी र लता श्रेष्ठ, सचिवमा राजेन्द्र आङबुहाङ र भोलानाथ मिश्र, सह–सचिवमा जीवनकुमार श्रेष्ठ र दिवस पराजुली चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा युवराज मिश्र, गणेशचन्द्र राजवंशी, भक्तबहादुर तिम्सिना, लैनबहादुर भण्डारी, छत्रबहादुर सिवा, तीर्थकुमार नेपाल, सुस्मिता खड्का, लक्ष्मी दाहाल पाण्डे, मानबहादुर श्रेष्ठ, रचना प्रसाई, टहलबहादुर राजवंशी, दुर्गाचरण राजवंशी चयन भएका छन् ।

समितिलाई कार्यक्रमका प्रमुख अतिथि तथा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले  पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । 

शिव राजवंशीको सभापतित्वमा भएको कार्यक्रममा  २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महाधिवेशन प्रतिनिधि टिकाप्रसाद प्रसाई, क्षेत्र नं–२ प्रदेशसभा क का सभापति लक्ष्मीप्रसाद आचार्य, कनकार्इ नगर सभापति दुर्गाप्रसाद प्रसाई, क्षेत्रीय प्रतिनिधि गोविन्दकुमार प्रधानले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन चन्द्र चुडालले गरेका थिए । 

भेलाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रेमप्रसाद राजवंशी, नारायणप्रसाद नेपाल, शान्ता चुडाल, झुमा आचार्य बेडारी, ढुण्डिराज ढकाल, तारादेवी थपलिया, सुरेश बास्के, मिनाकुमारी राजवंशी र मुना शिवा रहेको संगठन परिचालन समिति पनि गठन गरेको जनाइएको छ ।