झापा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको आगामी भदौ ३१ गते जिल्ला अधिनेशन हुने भएको छ । राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यमा हुने कार्यक्रमलाई युवाहरुले चासोको रुपमा लिएको युवक संगठनका झापा अध्यक्ष राजकुमार चाम्लिङ राईले जानकारी दिएका छन् ।
चुनाव नजिकिदै गर्दा हुन लागेको उक्त अधिवेशनको महत्व वढाउनको अध्यक्ष राईको संयोजकत्वमा ५०१ सदस्यीय विस्तार हुने उनले वताए । भदौ ३१ गते विर्तामोडको आदर्श ब्याकेट हलमा ११ वजेहुने कार्यक्रममा राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले चुनावी तालमेलको विषयमा र युवाहरुलाई चुनावमा कसरी परिचालन हुने बारेमा सम्वोधन हुने भनि चासोको रुपमा हेरिएको छ ।
झापा क्षेत्र नं ३ बाट पुन चुनावमा होमिएका लिङदेनलाई यो भन्दा अगाडिको चुनावमा जिताउन महत्वपूर्ण भूमिका खेलेको संगठनमा हेरफेर हुने सम्भावना कम रहेको केन्द्रिय सदस्य दिपेस राई (गोरे) ले वताएका छन् ।
राप्रपा प्रदेश नं १ का अध्यक्ष राम थापा, युवक संगठनका केन्द्रीय अध्यक्ष राजु लोहनीको विशेष उपस्थिति कार्यक्रममा रहने छ । जिल्ला अधिवेशनको लागि गोरेको संयोजकमा सोमवार (आज) विर्तामोडको पार्टी कार्यलयमा प्रचार प्रसार समिति गठन भएको छ भने झापा जिल्ला युवक संगठन अधिवेशनले आगामी कार्यकालको लागि समय निर्धारण नयाँ नेतृत्वले नै गर्ने राप्रपा झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले वताए ।