झापा । 

जुनसुकै सामाजिक तथा बिकासका कार्यमा अग्र स्थानमा रहेर काम गर्दै आएका झापा बिर्तामोड–५ का कुवेर श्रेष्ठ (अरुण) झापा क्षेत्र नं २ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेद्वारमा सिफारिस भएका छन् । 

अरुण आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्यका लागि उम्मेद्वार सिफारिस भएका हुन् । नेकपा( माओवादी केन्द्र) प्रदेश कमिटी सदस्यसमेत रहेका अरुणलाई पार्टीले उम्मेद्वारका लागि सिफारिस गरेको हो । 

बालकदेखि बृद्धबृद्धा सवै उमेर समुहसँग घुलमेल हुन सक्ने अरुण सवैलाई एउटै नजर र ब्यवहार गर्ने उनको स्वाभाव रहेको छ । 

अरुणले झापा बिर्तामोडको अब्यवस्थित बन्दै गएको अधुवा खोलालाई ब्यवस्थित गर्न बृहतम् विकास प्रतियोजनाको संयोजक भएर काम गरिरहेका छन् । त्यस्तै तत्कालिन सुकुम्वासी समस्या समाधान आयोजको झापा अध्यक्ष रहँदा सुकुम्वासीहरुलाई परिचयपत्र उनको कार्यकालमा बितरण गरेका थिए । 

त्यस्तै अरुणले बिर्तामोड नगरपालिका भित्र रहेका सार्वजनिक जग्गा, पर्यटन स्थल, सामुदायिक बनलाई पहिचान गरी ब्यवस्थित गर्न समेत भुमिका खेल्दै आएका छन् । उनले नगरसहित झापाका बिभिन्न सामाजिक संस्थामा रहेर कुसल नेतृत्व गर्दै सामाजिक कार्य गरिरहेका छन् । 

आफुले उम्मेद्वारी पाएर जिते नगर तथा क्षेत्रका बिकासका लागि सधैं लागि पर्ने अरुण बताउँछन् । उम्मेद्वार बन्न र जित्नका लागि जनतालाई मिठा र झूटा कुरा र विकास कार्यको लहर ल्याउने प्रतिवद्धता गरेर जाने अन्य उम्मेद्वार जस्तो सपना र भरोसा नदेखाउने अरुणले बताए । उनले काम गरेर देखाएर मात्र प्रतिवद्धता ब्यक्त गर्ने बताएका छन् । ‘यो गर्छु र त्यो गर्छु भनेर झूटो सपना देखाउनु छैन’ अरुणले भने ‘जिते र ठाउँमा पुगेर काम गरेपछि मात्र म भन्नेछु ।’ तर, जनतालाई झुटो  सपना देखाएर जित्ने लक्ष्य नरहेको उनको भनाई छ ।