झापा । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  झापाले  स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी डा. सुर्य नारायण साहलाई प्रदान गरेको छ । 

पार्टीको झापा जिल्ला कार्य समितिको आइतवार (आज) बसेको विशेष बैठकले साहलाई स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी दिएको झापा अध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिएका हुन् । 

 लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै साह दमकका पुराना र लोकप्रिय चिकित्सक मानिन्छन् ।  उनी लाईफ लाइन अस्पताल दमकका पुर्व प्रमुख समेत हुन् ।