सुरुङ्गा ।

नेपाली काङ्ग्रेस कनकाई  नगरपालिका वडा नं– १ र २ को संयुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ । आसन्न मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कार्यकर्ता भेला सम्पन्न गरिएको हो ।

नेपाली काङ्ग्रेस कनकाई  नगरपालिका वडा नम्बर–२ का वडासभापति बुद्धिमान बोहोराको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सभापति तथा ४ न क्षेत्र का प्रतिनिधिसभा सदस्यका प्रत्यासी उम्मेद्वार  देउकुमार थेबेको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । 

वडा नम्बर–१ को कालिका सामुदायिक भवनमा भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पार्टीका महाधिवेशन प्रतिनिधि तथा प्रदेश ख का प्रत्यक्ष तर्फका प्रत्यासी उम्मेद्वार एकराज उप्रेती, प्रदेश खका सभापति ख्यामराज सिटौला, नगर सभापति दुर्गा प्रसाईं, जिल्ला सदस्य सूर्य गुरुङ्ग, प्रदेश अधिवेशन प्रतिनिधि मनोजकुमार पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पूर्व शिक्षक अनिरुद्र ओलि, मोहनप्रसाद खतिवडा, हेमराज लिङ्देनले पार्टीप्रतिका जिज्ञाशाका साथ पार्टी संगठन सुधारका लागि सुझाव समेत ब्यक्त गरेका थिए ।

यसैगरी कनकाइ वडा नम्बर ६ र ७ ले पनि संयुुक्त वडा कार्यकर्ता भेलाको आयोजना गरेको थियो । वडा नम्बर–७ का वडा सभापति ईश्वरीप्रसाद शिवाकोटिको सभापतित्व तथा वडा नम्बर–६ का सभापति रामगोपाल ओलीले स्वागत गरेको कार्यक्रममा जिल्ला सभापति देउकुमार थेबेको प्रमुख आतिथ्य र एकराज उप्रेतीकै विशिस्ट आतिथ्य रहेको थियो । उक्त कार्यक्रमको सन्चालन झापा क्षेत्र नम्बर–४ प्रदेश खका उपसभापति रोहित खवासले गरेका थिए ।