भद्रपुर  ।

 नेपाली कांग्रेसका संस्थापक नेता एवं महामानव वी.पी. कोइरालाको १०९ औं जन्मजयन्तीको अवसर पारेर भद्रपुर–१० स्थित वीपी चोकस्थित वीपीको शालिकमा माल्यार्पणसहित सभा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं जनताको साथमा कांग्रेस अभियानका केन्द्रीय प्रतिनिधि डा डिला संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल, गोमा भट्टराई, प्रदेश नं–१ का सहकारी तथा गरिवी निवारणमन्त्री ओमप्रकाश सरावगी, नेपाली कांग्रेस झापा उपसभापति केशवराज पाण्डे, १ नम्बर क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, जिल्ला समिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय, प्रदेश क्षेत्रीय, नगर, वडा समितिका पदाधिकारी, सदस्य, एवं भातृ संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भद्रपुर नगर समिति सभापति राम कडेलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपसभापति रमेश झा र सञ्चालन सचिव अनिता रिजालले गरेकी थिइन् ।