बिर्तामोड ।

 झापाको बिर्तामोड नगरपालिकाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कन्चनजंघा ईंग्लिस स्कुल बिर्तामोड ४ का  सृजन श्रेष्ठ प्रथम भएको छन् ।

५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा भएको कार्यक्रममा निधि माध्यमिक विद्यालय बिर्तामोड २ कि  युनिसा तामाङ दोस्रो, एभ्रेष्ट स्मार्ट स्कुलका उज्जवल ढुंगाना तेस्रो र देवी माध्यमिक विद्यालय बिर्तामोड ५ की जिना अधिकारी, मनकामना माद्यमिक विद्यालय बिर्तामोड १ कि पुजा अधिकारी सान्तवना भएका छन् । 

उनीहरुले क्रमश २५ सय, २ हजार, १५ सय र एक÷एक हजार रुपैंयाँ नगदसहित प्रमाण पत्र प्राप्त गरेका छन् । विजेताहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई, नगरका शिक्षा शाखा प्रमुख तिलचन भन्डारी, पूर्व उपसचिव उद्धब विष्ट र कार्यपालिका सदस्य यामुना आचार्यले पुरस्कार प्रदान गरेका थिए । 

  उक्त प्रतियोगितामा नगरका विभिन्न विद्यालयहरुबाट सहभागी २० जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगीताको निर्णायकमा पूर्व उपसचिव युवराज पाण्डे र उद्धव विष्ट रहेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाई, विशेष अतिथि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक धर्मेन्द्र भट्टराई र निर्णायक उद्धव विष्टले आ–आफ्नो भनाई राखेका थिए । 

नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा अधिकृत  दिनेश आचार्यले स्वागत गरेका थिए भने केशर खवासले सञ्चालन गरेका थिए ।