अर्जुनधारा  । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनतासँग पुगेर जनताका गुनासो, सुझाव र स्थानीय आवश्यकताको पहिचान गर्दै संगठन विस्तारको नीति अघि सारेको कांग्रेसले अर्जुनधारामा ‘जनतासँग कांग्रेस अभियान’ सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस प्रदेश क्षेत्रीय समिति क्षेत्र नं–२ (ख) झापाको आयोजनामा अर्जुनधारा नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा  प्रमुख अतिथि एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीले नेपाली कांग्रेस जहिल्यै जिम्मेवार ढंगमा प्रस्तुत भएको दावी गर्दै जनतासँग गरेको वाचा पु¥याउने प्रतिबद्धता ब्यक्त गरे ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं अभियानका लागि केन्द्रीय प्रतिनिधि डा. डिला संग्रौलाले भने ‘नेपाली कांग्रेस जे बोल्छ, त्यो गरेर देखाउँछ, प्रतिपक्षले जस्तो हावादारी गफ गर्दैन’ । 

कार्यक्रममा केन्द्रीय सदस्य सरिता प्रसाई, जिल्ला सदस्य सरस्वती सिटौला, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, नगर सभापति हेमराज खरेल, मुना ओली, लिलादेवी कटुवाललगायतले शुभकामना मन्तब्य राखेका थिए । 

प्रदेश (ख) का सभापति किरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत पहलमान बरालले गरेका थिए भने सञ्चालन सचिवद्वय डिल्लीराम सापकोटा र कृष्ण थापाले गरेका थिए ।