झापा । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि झापाका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । माओवादी केन्द्रले  मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेद्वार सिफारिस गरेको पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि) ले जानकारी दिए । 

माओवादीले प्रतिनिधिसभाका लागि झापा क्षेत्र नं १ बाट सुरेन्द्रकुमार कार्की (पार्थ), २ बाट राजु आचार्य (अग्नि), ३ बाट पूर्णसिंह राजवंशी र मोहन टुडू ,४ बाट झलकसिंह दर्लामी मगर र ५ बाट रंजित तामाङलाई सिफारिस गरेको संयोजक अग्निले बताए ।

 त्यस्तै क्षेत्र नं १ प्रदेश ‘क’ बाट राजु दाहाल, माधव अर्याल, अनिता ढकाल, ‘ख’ बाट श्यामवीर लिम्बू, राजन चिमरिया, नरेन्द्र मेचे , क्षेत्र नं २ ‘क’ बाट ज्योतिसिंह दर्लामी, कुवेर श्रेष्ठ,  ‘ख’ बाट प्रेम नेम्बाङ, दिपेश योन्जन, क्षेत्र नं ३ ‘क’ बाट डिल्ली घिमिरे (हिक्मत) ,‘ख’ बाट पूर्णसिंह राजवंशी, मोहन टुडू, मरगुब आलम, क्षेत्र नं ४  ‘क’ बाट झलकसिंह दर्लामी,  ‘ख’ बाट रुद्र बजगाई, क्षेत्र नं ५ ‘क’ बाट रंजित तामाङ, ‘ख’ बाट वीरेन्द्र बस्नेत, कर्म पुलामी र गगन पुरी सिफारिस भएको झापा संयोजक अग्निले जानकारी दिएका छन् ।

समानुपातिक तर्फ क्षेत्र नं ३ बाट शिवकुमार राजभण्डारी, हरि अधिकारी, हरि पौडेल सिफारिस भएका छन् । त्यस्तै प्रदेशबाट भागिरथा अधिकारी, पुकारचन्द्र राजवंशी , नरपति चापागाई , हजरत अली , शर्मिला खाती, काश्मिरा खातुन, कुमारी स्वर्णिका सिंह, सीतादेवी न्यौपाने र लेखनाथ पौडेलको नाम सिफारिस गरिएको उनले बताए ।

अन्य क्षेत्रको आफुलाई जानकारी नभएको र त्यस क्षेत्रका प्रमुखहरुलाई जानकारी हुने बताउँदै यता क्षेत्र नं. २ बाट भने आज उम्मेद्वारको सिफारिस गरिने निर्वाचन क्षेत्र नम्बर २ का प्रमुख सीपी कडरियाले जानकारी दिएका छन् ।