बिर्तामोड । 

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ केन्द्रीय कमिटीको आयोजनामा शुरु भएको महाकाली–मेची जागरण अभियान अन्तरगत भदौं २३ गते झापाको बिर्तामोडमा खुल्लासभा हुने भएको छ । 

त्यसका लागि जिल्ला कमिटी झापाले सहभागिता गराउन पहल गर्न निर्णय समेत गरेको जनाइएको छ । सो कार्यक्रममा पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला कमिटी झापाका प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिए । 

महाकालीबाट आउने युवा संघको टोलीलाई झापाको बिर्तामोडमा बृहत सहभागितामा स्वागत गर्ने र सम्मानित नेताले सम्बोधन गरेपछि मेची नदीमा पुगेर अभियान समापन गर्ने कार्यक्रम रहेको युवा संघका नेता तथा झापा पार्टीका उपाध्यक्ष प्रत्युस रानाले बताए । अभियान समापनपछि बिर्तामोडमा खुल्ला सभाको आयोजना गरिएको जनाइएको छ ।