बिर्तामोड ।
मंगोल नेशनल अर्गनाइजेशन (डीजीजी) का नेता अम्बरबहादुर साँवा संघीय लिम्बुवान पार्टी, नेपालमा प्रवेश गरेका छन् । नेता साँवाले मंगलबार (आज) बिर्तामोडमा पत्रकार भेटघाटका क्रममा संघीय लिम्बुवान पार्टी, नेपालमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
लिम्बुवानको हकहितको लागि संघीय लिम्बुवान पार्टीका नेताहरुले उठाएका मुद्दाहरु उचित लागेकाले पार्टीमा प्रवेश गरेको बताएका छन् । नेता साँवालाई संघीय लिम्बुवान पार्टी, नेपालको सर्वमान्य नेता बीर नेम्वाङ, अध्यक्ष सञ्जुहाङ पालुङ्वाले पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा पार्टीका उपाध्यक्ष मित्र लिङ्देन, महासचिव लासिम पालुङ्वा, कोषाध्यक्ष एल.बि. पालुङ्वालगायतको उपस्थिति रहेको थियो । पार्टी प्रवेशसँगै उनले झापा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारको दावी गरेका छन् ।