झापा । 

संघीय लिम्बुवान पार्टी, नेपालले पाँचथरबाट प्रतिनिधिसभाका लागि एल.बी. पालुङ्वालाई उम्मेद्वार बनाउने भएको छ । 

आमागी मंशिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पालुङ्वालाई स्वतन्त्र चिन्हबाट पाँचथरबाट उम्मेद्वार बनाउने निर्णय भएको जनाइएको छ ।  

पालुङ्वा शैक्षिक रुपमा योग्य, शालिन, निष्पक्ष साथै आदिवासी र अर्थतन्त्रमा अध्ययन तथा अनुसन्धान गरिसकेका अध्येतासमेत हुन् । संघीय लिम्बुवान पार्टी, नेपाल केन्द्रिय कोषाध्यक्षसमेत रहेका नेता पालुङ्वा लिम्बुवान आन्दोलनको पक्षमा २०६२/०६३ देखि निरन्तर लागिरहेका छन् । 

उनको प्रतिदन्द्धीको रुपमा पाँचथरबाट एमालेका बसन्त नेम्वाङ, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भिष्मराज आङदेम्वे र लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट कुमार लिङ्देनले उम्मेद्वारी दिने जनाइएको छ ।