इलाम । 

नेकपा एमाले इलाम क्षेत्र नम्बर १ प्रदेश (ख) बाट आठ जना प्रत्यक्ष र तीनजना समानुपातिक तर्फका उम्मेद्वार सिफारिस भएका छन् । 

आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि उनीहरुको नाम सिफारिस गरिएको जनाइएको छ । माई नगरपालिकाबाट ध्रुव श्रेष्ठ, मेघनाथ गिरी, बिष्णुमाया रिमाल आचार्य र दीपक थेवे रहेका छन् भने सूर्योदय नगरपालिकाबाट सुजन नेपाल र दिपेन्द्र राई रहेका छन् ।

त्यस्तै रोङ गाउँपालिकाबाट खड्गबहादुर आले र तुलसीप्रसाद न्यौपानेलाई प्रत्यक्षतर्फबाट सिफारिस गरिएको जनाइएको छ ।  त्यसैगरी समानुपातिकका तर्फबाट रणबहादुर गुरुङ, कुमारी रैका र याम सुवेदीलाई सिफारिस गरिएको छ ।