बिर्तामोड।
नेपाली कांग्रेस झापाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका आकांक्षी उम्मेद्वारको नाम सोमबार प्रदेश नं–१ र केन्द्रीय समितिमा सिफारिस गरेको छ ।
नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्र र क्षेत्रीय समितिबाट सिफारिस भइआएका प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक एवं प्रदेशसभा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेद्वारहरुको नामावली उपल्लो तहमा सिफारिस गर्ने गत भदौ १८ गतेको निर्णयानुसार सोमबार सिफारिस गरिएको पार्टी सभापति देउकुमार थेवेले जानकारी दिनए ।
जसअन्तर्गत प्रतिनिधिसभा प्रत्यक्षतर्फ झापाका पाँचवटा क्षेत्रबाट १४ जनाको नाम सिफारिस भएको छ । जसमा झापा क्षेत्र नं–१ मा विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं २ बाट, केशवकुमार बुढाथोकी, सरिता प्रसाई, सुधिरकुमार शिवाकोटी, जलकुमार गुरुङ, छत्रबहादुर गिरी, नवीनराज प्रसाईको नाम सिफारिस गरिएको पार्टी सचिव कृष्ण हुमागाईले जानकारी दिए ।
क्षेत्र नं– ३ मा कृष्णप्रसाद सिटौला र ४ मा देउकुमार थेवेको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं–५ मा महेन्द्राकुमारी सुब्बा, डा। खगेन्द्रपाण्डव अधिकारी, विश्वदिप लिङ्देन, पदमबहादुर पौडेल, मेदनीप्रसाद सिटौलाको नाम सिफारिस गरिएको सचिव नवीन विमलीले जानकारी दिए।
झापाको क्षेत्र नं–१, ३ र ४ मा प्रतिनिधिसभा सदस्य प्रत्यक्षका लागि एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं–२ मा सबैभन्दा बढी ६ जना र क्षेत्र नं –५ मा ५ जनाको नाम सिफारिस भएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।