झापा ।
नेपाली काङ्ग्रेसले हल्दिवारी –४ को पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटन विकास क्षेत्र समिति गठन नियम बिपरित भएको भन्दै ध्यानाकर्षण गराएको छ । समितिमा महिला सहभागिता बिनै गठन गरेकोप्रति आपत्ति जनाएको हो ।
कार्यसमिति गठन गर्दा नेपालको संविधान २०७२ को मर्म विपरीत समाबेशसताको घोर उल्लंघन भएको भन्दै तुरुन्त कार्यसमिति भङ्ग गरि नयाँ कार्यसमिति गठन गर्न समेत काङ्ग्रेसले माग गरेको छ । गत भदौ ११ गते भएको गैरसंबैधानिक,अलोकतान्त्रिक निर्णयप्रति नेपाली काङ्ग्रेस हल्दिवारी – ४ वडा समितिको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिज्ञप्ती जारी गरी
समवेसितासहितको पुनः समिति निर्माण गर्न ध्यानाकर्षण पत्रमा भनिएको छ । नेपालको संविधान २०७२ को मर्म विपरीत समावेशीताको घोर उल्लङ्घन भएको, महिला सहभागीको समावेशी सर्वमान्य सिद्धान्तलाई आत्मसाथ नगरी ठाडो उल्लङ्घन गरेको ठहर मात्र होईन, निजामती सेवामा कार्यरत हल्दिबारी वडा नं.४ का वडासचिब जयप्रसाद पोखरेल उक्त समितिको अध्यक्ष पदमा चयन गरिनु विवादास्पद छ ।
साथै कुशे औशी पर्वकै दिन पारेर समिति गठन गरिनु हिन्दु मुल्यमान्यतालाई नकारेर अघि बढेको देखिन्छ, त्यसैले यस्तो अलोकतान्त्रिक निर्णयको खारेजीको माग गर्दै तत्कालै संविधानको मर्म र भावना अनुसारको समिति गठन गर्नुपर्ने माग समेत गरेको छ। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र बुझाएको काङ्ग्रेस सभापति भवानी पराजुलीले जानकारी दिएका छ्न् ।