अर्जुनधारा । 

झापा क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ नेकपा एमालेले चार जनाको नाम सिफारिस गरेको छ । नेकपा एमाले क्षेत्रिय कमिटी क्षेत्र नम्बर २ (ख) को आइतवार (आज) बसेको बैठकले चार जना उम्मेद्वारको नाम सिफारिस गरेको नेकपा एमाले अर्जुनधारा नगर कमिटी उपाध्यक्ष लोकमान श्रेष्ठले जानकारी दिए । 

झापा क्षेत्र नम्बर २ (ख) बाट हरिकुमार राना, चिन्तन पाठक, रोहित ढकाल र देवीमाया भट्टरार्ई प्रत्यक्षतर्फ सिफारिस भएका छन् । हरिकुमार राना पार्टीका प्रदेश कमिटी सदस्य हुन् भने उनी अर्जुनधारा नगरपालिकाका निवर्तमान मेयर समेत हुन् । 

त्यसैगरी चिन्तन पाठक पार्टीका प्रदेश सचिव, रोहित ढकाल जिल्ला कमिटी सदस्य र देविमाया भट्टराई पनि जिल्ला कमिटी सदस्य हुन् ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एमालेले उम्मेदवार सिफारिस गर्न थालेको छ । भदौ २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न पार्टी केन्द्रको निर्देशन अनुसार उम्मेद्वार सिफारिस शुरु गरिएको श्रेष्ठले जानकारी दिए ।