बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट झापा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि प्रत्यक्षमा तीनजनाको दावी रहेको छ । त्यस्तै समानुपातिकतर्फ भने एक जनाको दावी रहेको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनका लागि झापा क्षेत्र नम्बर २ बाट पार्टीकी पोलिट ब्यूरो सदस्य धर्मशीला चापागाई, प्रदेश सचिवालय सदस्य तथा झापा सह–इन्चार्ज सीपी कडरिया र झापा संयोजक राजु आचार्य (अग्नि) ले प्रत्यक्षतर्फको उम्मेद्वारका लागि दावी गरेका छन् ।
त्यस्तै समानुपातिकतर्फ भने पार्टीकी केन्द्रिय सदस्य लक्ष्मी न्यौपाने (सरु) ले दावी गरेकी छिन् । पार्टीको निर्वाचन क्षेत्र नम्बर २ को बैठकमा उनीहरुले आ–आफ्नो उम्मेद्वारी दावी गरेका हुन् ।