बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत प्रदेश (क) ले क्षेत्र अनुसार जिल्ला, नगर र वडा कमिटीलाई निर्वाचन परिचालन समिति निर्माण गर्ने योजना अनुसार जिम्मेवारी दिएको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनका लागि जिल्ला, नगर र वडा कमिटीलाई निर्वाचन परिचालन समिति निर्माण गर्ने जिम्मेवारी दिएको हो ।
निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) का प्रमुख ज्योतीसिंह दर्लामीको अध्यक्षतामा बसेको बैठकमा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) का उप–प्रमुख भूपाल सापकोटा, प्रदेश सदस्य शिखर कडरिया, जिल्ला संयोजक राजु आचार्य (अग्नि), प्रदेश सदस्य अरुण श्रेष्ठ, निरु खतिवडा, बासु दुलाल, युवराज दाहाल, नगर अध्यक्ष मोहन सुब्वालगायतको उपस्थितिमा उक्त जिम्मेवारी बाडफाँड गर्ने निर्णय गरेको थियो ।
बिर्तामोड वडा नं. १ मा कुवेर श्रेष्ठ (अरुण) २ मा शिखर कडरिया, ३ मा सञ्चार नेम्वाङ, ४ मा बासु दुलाल, ५ मा कुवेर श्रेष्ठ (अरुण), ६ मा सञ्चार नेम्वाङ, ७ र ८ मा निरु खतिवडा, ९ मा बासु दुलाल, निर्वाचन क्षेत्र नं. २ (क) मा पर्ने कनकाई नगरका ८ र ९ वडामा युवराज दाहाल, १० मा होम राउतको संयोजकत्वमा जिम्मेवारी दिइएको निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत प्रदेश (क) का प्रमुख ज्योतिसिंह दर्लामीले जानकारी दिएका छन् ।
भदौ १७ देखि २१ गतेसम्म बिर्तामोडका वडाहरुलाई बिस्तारित वैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न गर्न निर्देशन गरिएको छ । वडाहरुको कार्य बिभाजनमा संयोजनको भुमिकामा रहनेले मिति तय हुन बाँकी वडाहरुमा गर्नुपर्ने छ भने भदौ मसान्तसम्ममा जवस मोर्चा तथा टोल कमिटीहरु गठन गर्न पूर्व तयारी गर्नुपर्ने जनाइएको छ ।