झापा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापा क्षेत्र नम्बर २ (क) ले आगामी मंशिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि ज्योतिसिंह दर्लामीसहित तीन जनाको नाम प्रदेशसभाका लागि सिफारिस गरेको छ । त्यसैगरी समानुपातिक तर्फ दुईजनाको नाम सिफारिस भएको जनाइएको छ ।
पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य, झापा सह–इन्चार्ज तथा झापा क्षेत्र नं. २ (क) निर्वाचन परिचालन कमिटीका प्रमुख ज्योतिसिंह दर्लामी, प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नं. २ (क) निर्वाचन परिचालन कमिटीका उप–प्रमुख भूपाल सापकोटा र प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ (अरुण) लाई प्रदेशसभा निर्वाचनका लागि सिफारिस गरिएको हो ।
त्यसैगरी समानुपातिकतर्फ पार्टीकी प्रदेश कमिटी सदस्य निर्मला खतिवडा र बिर्तामोड नगरपालिका उपाध्यक्ष छाँया सिग्देललाई झापा क्षेत्र नं. २ (क) निर्वाचन परिचालन कमिटीको शुक्रवार बसेको वैठकले सिफारिस गरेको जनाइएको छ ।