बिर्तामोड । 

नेकपा एमालेको जन बर्गिय संगठन नेपाल बुद्धिजीवी परिषद बिर्तामोड नगरको प्रथम अधिवेशनबाट अध्यक्षमा डा.कपिलमणि मिश्र सर्वसम्मत् निर्वाचित भएका छन् ।

बिर्तामोडमा भएको प्रथम अधिवेशनले डा. मिश्रको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी सर्वसम्मत् निर्वाचिन गरेको नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । 

अधिवेशनले कमिटीको उपाध्यक्षमा हेमकला कट्टेल, सचिवमा ओमबहादुर खड्का, उप–सचिवमा प्रेम चिमरिया, अस्मिता कार्की र कोषाध्यक्षमा जनक थापासहित १५ सदस्यीय कमिटी सर्वसम्मत् निर्वाचित गरेको छ ।  नेपाल बुद्धिजीवी परिषद झापाको आयोजनामा बिर्तामोड नगरको प्रथम अधिवेशन सम्पन्न भएको थियो ।