बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोड–५ को वडा स्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वडा कमिटी उपाध्यक्ष जगदिश गुप्ताको अध्यक्षतामा भएको वडा स्तरीय विस्तारित बैठकमा पार्टीका प्रदेश कमिटी सदस्य, झापा सह–इन्चार्ज तथा निर्वाचन क्षेत्र नं. २ क का प्रमुख ज्यनेतिसिंह दर्लामीको प्रमुख आतिथ्य रहेको थियो ।
बिस्तारित बैठकले रिक्त रहेको पार्टीको वडाअध्यक्षमा महेन्द्र खनाललाई सर्वसम्मत् चयन गरेको छ । त्यस्तै जबस मोर्चा टोल कमिटीलाई सक्रिय पार्ने, जनताका समस्या समाधानका लागि सवै पार्टी कमिटी जोडिने, सुकुम्वासी समस्या समाधानका लागि पार्टीको माथिल्लो तहसम्म पहल गर्नेलगायतका बिषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि दर्लामी, पार्टीका प्रदेश कमिटी सदस्य तथा निर्वाचन क्षेत्र नं. २ क का उप–प्रमुख भूपाल सापकोटा, प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ (अरुण), बिर्तामोड नगर अध्यक्ष मोहन सुब्वालगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा पार्टीको सर्कुलर बिर्तामोड नगर सचिव गणेश कालिकोटेले बाचन गरेका थिए ।
कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य सञ्चार नेम्वाङ, बिर्तामोड नगर उपाध्यक्ष जेबी जबेगु, कमलप्रसाद कडरिया, नगर सह–सचिव संदिप प्रसाई, जेष्ठ नागरिक दीर्घनाथ थापालगायत एकसय बढि नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा नं. ५ का वडासचिव डम्बरबिक्रम केसीले गरेका थिए ।