झापा । 

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई झापा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षमा  संघीय सांसदमा उठाउन  काङ्ग्रेस क्षेत्रीय समितिको शुक्रवार (आज) बसेको बैठकले सिफारिस गरेको छ ।

उनिसँगै  समानुपातिकतर्फ भारतेन्द्रप्रसाद मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरबहादुर सिंगुलाई सिफारिस गरिएको कांग्रेसका  प्रदेश (ख ) सभापति तुलसी ओलीले जानकारी दिए ।

उनका अनुसार  प्रदेश  सभाले सिफारिस गरेका प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेद्बारहरुको नाम समेत क्षेत्रीय समितिले जस्ताको त्यस्तै जिल्ला समितिमा पठाउने निर्णय गरेको छ ।

हिजो प्रदेश (क) बाट एकल भुमिप्रसाद राजवंसी र प्रदेश (ख) बाट नविन बिमली, भगिरथ पोद्दार र भरत प्रसाईको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको थियो। समानुपातिकतर्फ भने २ दर्जन भन्दा बढीको चाहना अनुसार उनीहरुको नाम समेत सिफारिस गरिएको छ ।