झापा । 

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौरादहमा चुनावी गतिविधि बढाउने भएको छ।  गौरादह बुधवार भएको विस्तारित भेलाले आगामी मङ्सिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनको लागि प्रचार प्रसार अभियानलाई तिब्रता दिने भएको हो।  

विस्तारित भेलामा केन्द्रिय सदस्य अम्बर विष्ट, केन्द्रिय सदस्य तथा केन्द्रिय वाणिज्य विभाग प्रमुख लक्ष्मीप्रसाद संग्रौला, जिल्ला अध्यक्ष केशवप्रसाद ओझाको उपस्थिति रहेको बताइएको छ।  

भेलाले सांगठानिक सुध्रिढिकरण गर्ने, प्रत्यक वडा कार्यसमितिसँग बैठक गर्ने, बुथ समिति निर्माण गर्ने, सक्रिय सदस्यता विस्तार गर्ने, भात्री संगठनहरुको अधिवेशनहरु सम्पन्न गर्ने तथा प्रदेश र संघीय निर्वाचनमा भाग लिने प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेद्वारहरुको  नाम सिफारिस गर्ने लगायतका निर्णय गरेको नगर अध्यक्ष शान्तिराम पौड्यालले जानकारी दिए ।

भेलामा प्रदेश, जिल्ला, क्षेत्रीय, प्रदेशसभा, नगर तथा वडाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको जनाइएको छ ।