झापा । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय युवक संगठन सदस्य योगेन्द्र खनालले प्रतिनिधि सभामा उम्मेदवारी दिने घोषणा गरेका छन् । खनाल लामो समयदेखि राप्रपामा सक्रिय थिए ।

बिकृति, बिसङ्गती र भ्रष्टाचारका बिरूद्व डटेर आवाज उठाउने खनाल प्रखर बक्ता समेत हुन्। हिन्दुराज्य र राज संस्थाका पक्षमा बोल्ने उनी पछिल्लो समय निर्मलाको न्यायका लागि एमसीसीका बिरूद्व, नागरिकता बिधेयकका बिरूद्व आन्दोलन गरेका थिए।

केही समय अगाडि राप्रपाबाट औपचारिक राजिनामा गरेका उनले स्वतन्त्र उम्मेदवारका रूपमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् । कृषि पेशामा आवद्व रहेका खनाल कृषि फर्मका सञ्चालक समेत हुन् ।