मेचीनगर ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मेचीनगर नगर कमिटीले वडा नम्बर ११ का अध्यक्ष रामकुमार रिजाललाई गरिएको कारवाही फुकुवासँगै पार्टीको कार्यमा सक्रिय पूर्वक लाग्न आग्रह गरेको छ ।
नगर कमिटी अध्यक्ष राजन रिमरिया र नगर इन्चार्ज पुष्प गुरागाईले संयुक्त रुपमा हस्ताक्षर गरेको प्रेस बिज्ञप्तीमा पार्टीका वडाध्यक्ष रिजाललाई कारवाही फुकुवा गरेको जनाइएको हो ।
रिजाललाई गत जेठ १८ गते पार्टी पार्टीको अनुशासन उलंघन गरेको भन्दै नगर पार्टीको तर्फबाट गरिएको कारवाहीको समयअवधि पूर्ण भएकोले मंगलवार बिज्ञप्ती प्रकाशित गरी कारवाही फुकुवा गरिएको छ ।
रिजाललाई गरिएको कारवाहीपछि पार्टीको कार्यमा सक्रिय पूर्वक लाग्नका लागि नगर कमिटीको तर्फबाट आग्रह गरिएको छ भने पार्टी माथिल्लो नेतृत्वसहित सवैलाई जानकारी गराइएको बिज्ञप्तीमा उल्लेख छ ।