बिर्तामोड ।
नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघको बिर्तामोड नगर अधिवेशनले रहमान शेखको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । गठित समितिको उपसभापतिमा समिर अन्सारी, सचिवमा साहाबुद्धिन शेख, सहसचिवमा समिर शेख र कोषाध्यक्षमा मोहमद हुसेन मियाँलाई चयन गरेको छ ।
समितिका सदस्यहरुमा महमद फरिहल, बासिब मियाँ, जरुल मियाँ, सनौबर अलि खान, नेबुवा मियाँ, मोहमद आसमान लगायत रहेका छन् । नेपाली कांग्रेस बिर्तामोड नगर समितिका सभापति भोजराज सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको औचित्यमाथि नेपाल मुस्लिम संघका जिल्ला अध्यक्ष अमिन अलि शेखले प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य एवम् कांग्रेस जिल्ला सदस्य एमडी सर्फराज शेख, प्रदेश अधिवेशन प्रतिनिधि तौफिक अहमद शेख, कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । तौफिक अहमद शेखले स्वागत गरेको कार्यक्रममा सञ्चालन सफिउल्लाह अन्सारीले गरेका थिए ।