झापा । 

नेपाल विद्यालय कर्मचारी परिषद्ले विभिन्न माग राख्दै सामुदायिक बिद्यालयमा तालाबन्दी गर्दा कनकाईसहित झापाका अधिकांश सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ।

तालावन्दीको पहिलो दिन कनकाई नगरपालिकासहित झापाका अधिकांश सामुदायिक विद्यालयहरुमा पठनपाठन रोकिएको छ । विद्यालय कर्मचारीको मागलाई ऐक्यवद्धता जनाउदै कनकाई नगरपालिकास्थित नेपाल शिक्षक महासंघ कनकाई कनकाई नगर कमिटीसहित जिल्लाका विद्यालयहरुले साता व्यापी विद्यालय हडलातका लागि ऐक्यवद्धता जनाएको शिक्षक महासंघ कनकाईकी अध्यक्ष सारदा प्रसाई पाठकले जानकारी दिइन् ।

सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै परिषद्ले आन्दोलनको घोषणा गरेको नेपाल विद्यालय कर्मचारी परिषद कनकाईका अध्यक्ष तीर्थराज ढुड्गानाले बताए । आन्दोलनका कारण कनकाई नगरपालिकाका सबै १५ वटै विद्यालयसहित झापाका अधिकांश साुमदायिक विद्यालयको पठनपाठन बन्द भएको छ । कनकाईका प्राय सबै विद्यालयको मुल गेटमा ताला लगाएर आन्दोलनरत्त कर्मचारीले धर्ना दिएका छन् भने पढ्न आएका विद्यार्थी फिर्ता गएका छन् ।

विद्यालय कर्मचारी सहायक (लेखापाल) हरुका लागि ३६ हजार ७३०, विद्यालय सहयोगीहरुका लागि २६ हजार २१० पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पु¥याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने संघीय शिक्षा ऐन÷शिक्षा ऐन, २०२८ को संशोधनमा प्रबन्ध गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तैगरी संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरुलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरुलाई प्रचलित कानुनबमोजिम शीर्षक सरहको सेवा सुविधा उपलब्ध गराई अवकाश ससम्मान अवकाशको व्यवस्था गर्नुपर्ने लगायतको माग राखेका छन् ।