झापा ।
झापाको कननकवलबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा चारसय वढीले पार्टी परिवेश गरेका छन् । राप्रपा कचनकवल गाउँपालिकाको आयोजनामा भएको कार्यक्रम नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा तरूणदल सभापति ईश्वर थापा, शिवनारायण राजवंशीलगायत चारसय वढीको संख्यामा पार्टी प्रवेश गरेका छन्।
राप्रपाका कचनकवल अध्यक्ष रविचन्द्र ओक्षाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा केन्द्रिय अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, केन्द्रीय सदस्य अन्जार आलम, नवराज पनेरु, प्रेम श्रेष्ठ जिल्ला अध्यक्ष केशव ओझा, क्षेत्रिय अध्यक्ष तुलसा आचार्य, प्रजातान्त्रिक युवक संगठन झापाका अध्यक्ष राजकुमार राई, जिल्ला सदस्य निमसरी राजवंशी लगायतको उपस्थिति रहेको थियो।
पार्टी प्रवेशपछि कार्यक्रमलाई सम्बोधन गर्दै ईश्वर थापाले बर्तमान समयमा देशको अस्मिता जोगाउन राप्रपाको विकल्प नभएको भन्दै पार्टी परित्याग गरेको बताएका थिए। पार्टी प्रवेश कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य आलमले आगामी चुनावमा राप्रपालाई बिजयी गराई भष्ट्राचार हटाउन योगदान गर्न सबैलाई आग्रह गरेका थिए भने अर्का केन्द्रीय सदस्य पनेरुले आसन्न चुनावमा यहिँका जनताको मतले राजेन्द्रप्रसाद लिङदेनले चुनाव जित्ने भन्दै मतको सहि सदुपयोग गर्न आग्रह गरेका थिए। जिल्ला अध्यक्ष ओझाले अव राप्रपालाई राष्ट्रिय पार्टी बनाउने जिम्मा जनताको काँधमा आएको भन्दै एकजुट हुन आग्रह गरेका छन्।
देशको परिवर्तन बन्दुक नहुने बताउँदै राप्रपाका केन्द्रिय अध्यक्ष लिङदेनले आफ्नो यस पटकको चुनावमा विवेक पुर्याएर चुनाव चिन्ह हलोमा मतदान गर्न आग्रह गरेका छन् । ‘खराब नेतृत्व परिवर्तन गर्न उपयुक्त समय आएको छ’ उनले भने ‘राप्रपालाई जिताए जनतालाई वास्तविक सरकार भएको महशुस गराउने प्रतिबद्धता व्यक्त गरे ।’ निमसरी राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपेन्द्र शाहले गरेका थिए।