विर्तामोड।
नेपाल किसान संघ झापाले मातहतका समितिहरुलाई आगामी भदौ २५ गतेभित्रमा बैठक राखी क्षेत्र, प्रदेश क्षेत्र, गाउँ–नगर एवं वडा समितिहरुलाई सक्रिय बनाउन निर्देशन गरेको छ ।
संघका अध्यक्ष राजेन्द्र भट्टरार्इको अध्यक्षतामाबसेको बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै संगठन परिचालन गर्न र मातहत समितिहरुलाई क्रियाशील बनाउन निर्देशन गरेको हो ।
लोकतन्त्र पक्षधर उम्मेद्वारहरुले निर्वाचनमा जीत हासिल गरेमात्रै किसान, मजदुर र विपन्न वर्गको हितमा कार्य गर्ने जनाउँदै बैठकले गठबन्धन दलका उम्मेद्वारको पक्षमा निर्वाचन परिणाम आउने गरी माहौल बनाउन पनि आग्रह गरेको छ ।
किसानहरुले मल विऊ उत्पादित कृषिजन्य वस्तुको उचित मूल्य नपाउनेजस्ता समस्या रहेको विषयमा समेत छलफल गरेको बैठकले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन समेत माग गरेको छ ।