बिर्तामोड ।
उद्योगी तथा समाजसेवी छत्रबहादुर गिरीले आगामी मंशीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । नेपाल दशनामी समाजको केन्द्रिय संरक्षक समेत रहेका गिरीले शुक्रवार पत्रकार भेटघाटको आयोजना गरी झापा क्षेत्र नं. २ बाट उम्मेद्वारी दिने आकांक्षा व्यक्त गरेका हुन् ।
रामबाबु प्रसाई नेपाली कांग्रेसको जिल्ला सभापति हुँदा २०४२ सालमा उनी जिल्ला सदस्य भएका थिए । त्यस्तै उनी नेपाल परिवार नियोजन संघका केन्द्रीय सभापति पनि भएका थिए । उनी नेपाली कांग्रेसको प्रवद्र्धन तथा लगानी बोर्डको सदस्य हुन् ।
आफूलाई एकपटक राष्ट्रिय सभाको सदस्यमा उठ्ने अवसर प्राप्त भएकोमा त्यस पटक गंगा बाँस्तोलालाई छोडेको गिरीले स्मरण गर्दै पहिलो पटक आफू सार्वजनिक पदमा उठ्न लागेको बताए । त्यसमा पार्टीले सहयोग गर्नेमा गिरी आशावादी रहेका छन् ।
यता नेपाल दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरीले उम्मेद्वारीका छत्र गिरीलाई स्वागत तथा शुभकामना दिएका छन् ।