बिर्तामोड । 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले छदलिय गठबन्धनले राजनीतिक स्थीरता दिन नसक्ने बताएका छन् । जनताले नेपाली राजनीतिकको स्थीरता चाहेको बताउँदै अध्यक्ष थापाले एमालेसँगको पराजय हुने डरले छ दलिय गठबन्धन भएको आरोप लगाएका हुन् । 

राप्रपा नेपालले बिर्तामोडमा सोमवार (आज) अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमपछि आयोजित पत्रकार भेटघाटका क्रममा अध्यक्ष थापाले नेपालका सवै क्रियाशील दलहरुसँग चुनावमा तालमेल हुन सक्ने बताएका छन् । 

raprapa nepa p

आगामी मंशीर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा राप्रपा नेपालले नेकपा एमालेसँग चुनावको तालमेल गर्न सक्ने संकेत पनि गरेको छ । ‘एमालेले लिम्पियाधुरासहित नेपालको नक्सा तयार गरेर राप्रपा नेपालको मन जित्यो’ अध्यक्ष थापाले भने ‘सनातन धर्म संरक्षण र सम्बर्धनमा पनि अन्य पार्टी भन्दा अघि भएको हाम्रो बुझाई छ ।’ अध्यक्ष थापाले नेपाली कांग्रेस पनि बामपन्थी बिचारमा झुकाब पार्टी भएको आरोप लगाए । 

अध्यक्ष थापाले राप्रपा राजाले स्थापना गरेको पार्टी नभएको बताएका छन् । उनले राप्रपा नेपाल र राप्रपाबीच प्रतिस्पर्धा नभएको उनको भनाई थियो । उनले राप्रपा र राप्रपा नेपालबीच चुनावपछि बिचार मिले एकता पनि हुन सक्ने बताएका छन् ।

‘राप्रपा रिमोट कन्ट्रोलबाट चल्ने पार्टी होइन’ अध्यक्ष थापाले भने ‘सत्ता र चुनावमा मात्र राप्रपा नेपाल केन्द्रित छैन ।’ उनले पार्टीलाई मजबुत बनाउने अभियानमा राप्रपा नेपाल अघि बढिरहेको बताएका छन् । उनले कसैले डरत्रास देखाएर राप्रपा नेपाल नडराउने समेत बताएका छन् । राष्ट्रमा राजनीतिक स्थीरताका लागि गणतन्त्रवादी र राजाबादी एक हुन आवश्यक रहेको उनको भनाई छ ।