- राजु बराल
चन्द्रगढी ।
प्रतिनिधी सभाका झापा क्षेत्र न १ का सांसद सुरेन्द्र कार्कीले आफुले भ्रष्टाचार गरेको देखिएमा राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।
झापाको भद्रपुर ९ स्थित हडिया कृषक कुलो जल उपभोक्ता संस्थाको शनिवार देवकोटा चोक स्थित मुना सामुदायिक भवनको सभा हलमा सम्पन्न एघारौ साधरण सभामा उनले सो घोषणा गगरेका हुन् ।
कृषि क्षेत्रको विकासमा भ्रष्टाचार प्रमुख चुनौती रहेको चर्चा गर्दै पूर्व सञ्चारमन्त्री समेत रहेका कार्कीले ब्यापारिक घराना र ठेकेदारसंघ आफ्नो कुनै सम्पर्क नरहेको बताएका छन् ।
हडिया कृषक कुलो जल उपभोक्ता संस्थाका अध्यक्ष दिनानाथ उप्रेतीले सस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा अग्रज समाजसेवी बिष्णु शिवाकोटी, सञ्चारकर्मी राजु बराल, नेपाली काङ्ग्रेसका इश्वरप्रसाद पोखरेल, नेकपा माओबादी केन्द्र भद्रपुर नगर अध्यक्ष शिवकुमार राज भन्डारी, नेकपा एकीकृत समाजवादीका वडा न ९ का अध्यक्ष ज्ञानेन्द्र कटुवाल, चन्द्रगढी दोस्रो खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका अध्यक्ष चुडामणी मैनाली, चन्दगढी सामुदायिक वन समुहका सचिव पार्वती मल्ल र प्रकाश एकता कृषि सहकारी सस्था अध्यक्ष गोपाल श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए ।
हडिया कृषक कुलो जल उपभोक्ता सस्थाका अध्यक्ष दिनानाथ उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष धुर्व कार्की र सञ्चालन सचिव मान बहादुर मगरले गरेका थिए ।