बिर्तामोड । 

नेकपा एकीकृत (समाजबादी) निकट नेपाल आदिवासी जनजाती महासंघको प्रदेश नम्बर १ भेला तथा कमिटी गठन झापाको बिर्तामोडमा भएको छ ।  महासंघको शनिवार (आज) बिर्तामोडमा भएको भेलाले प्रदेश नम्बर १ भेला तथा कमिटी गठन गर्ने जनाइएको छ । 

महासंघका जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको अध्यक्षतामा भएको भेलाको उद्घाटन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पोलिट व्यूरो सदस्य बलदेव चौधरीले केपी ओलीले हाल भएको गठबन्धनलाई फुट गराउने प्रयास जारी राखेको आरोप लगाएका छन् । उनले एक बर्षअघि केपी प्रबृतिसँग बिद्रोह गरेर कम्युनिष्ट पार्टीलाई एकताबद्ध गराउन सफल भएको बताएका छन् । नेता चौधरीले नेकपा एस प्रदेश नं. १ मा चौथो पार्टीका रुपमा स्थापित रहेको बताउँदै  देशभरमा पाँचौ स्थानमा रहेको बताएका छन् । गठबन्धनले धोका दिए आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने समेत उनको भनाई थियो । 

जनजाती नाचगानर भोज भतेरले पछि परिरहेको बताउँदै नेता चौधरीले जनजातीको संस्कृतिलाई जोडेर पर्यटन प्रर्वधन गर्न सके तीन करोड नेपाली पालिने बताएका छन् । 

स्वागत महासंघका केन्द्रिय उपमहासचिव कृष्ण चोङवाङले गरेको कार्यक्रममा नेकपा एस झापा उपाध्यक्ष तथा युवा केन्द्रिय सचिव प्रत्युस राना, एसका पोलिट ब्यूरो सदस्य बलदेव चौधरी, महासंघका केन्द्रिय महासचिव  चन्द्रबहादुर तामाङ, प्रमुख अतिथि भवानी खापुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।