अर्जुनधारा । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निर्वाचन क्षेत्र नम्बर २ (ख)  को बिस्तारित बैठकले निर्वाचन परिचालन र सचिवालय चयन गरेको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ८ मा शनिवार (आज) भएको वैठकले २ नम्बर क्षेत्र (ख) स्तरीय निर्वाचन परिचालन समिति चयन गरेको हो । 

आगामी मंशिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनका लागि माओवादी केन्द्रले २ नम्बर क्षेत्र (ख) स्तरीय निर्वाचन परिचालन समिति चयन गरेको पार्टीका झापा सह–इन्चार्ज तथा क्षेत्र नं. २ (ख) का प्रमुख रोशन कन्दङ्वाले जानकारी दिए । 

क्षेत्र नं. २ (ख) का प्रमुख कन्दङ्वाका अनुसार वैठकले २ सय जनाको निर्वाचन परिचालन समिति चयन गरेको छ भने ६५ सदस्यीय सचिवालय निर्माण गरेको छ । वैठकले १४ वटा वडामा प्रमुख र उपप्रमुख समेत तोकेको छ ।  

पार्टीका झापा सह–इन्चार्ज तथा क्षेत्र नं. २ (ख) का प्रमुख कन्दङ्वाको अध्यक्षतामा भएको विस्तारित वैठकमा पार्टीकी केन्द्रिय सदस्य लक्ष्मी न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा पार्टीका प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (बिजय), प्रदेश सचिवालय सदस्य तथा झापा सह–इन्चार्ज सीपी कडरियालगायतको उपस्थिति रहेको जनाइएको छ । कार्यक्रमको सञ्चालन पार्टीका प्रदेश कमिटी सदस्य जितेश योञ्जनले गरेका थिए ।