झापा । 

नेकपा(एमाले) झापाले देश गम्भीर संकटमा गुज्रिरहेको जनाएको छ । गठबन्धन सरकारले राष्ट्रियतामा गम्भीर संकट उत्पन्न गर्ने गरी नागरिकता विधेयक जारी गरर देश आर्थिक संकट तर्फ धकेलिदै गएको मंगलबार बिज्ञप्ती जारी गर्दै जनाएको हो । 

राजनैतिक, आर्थिक, सामाजिक क्षेत्रमा वैदेशिक हस्तक्षेप बढेको जनाउँदै भारतीय सिमा अतिक्रमण बढ्दो साथै कालापानी, लिम्पियाधुरा, लिपुलेक सहितको चुच्चे नक्सा एमालेको अगुवाईमा कायम गरिएको भएपनि गठबन्धन सरकारले भुभाग फिर्ता गर्ने कुनै पहल नगरेको आरोप लगाएको छ ।

एमाले सरकारमा रहँदा जागृत गरेको नेपाली जनताका विकासका सपनाहरु मुर्झाएको जनाउँदै सरकारको संरक्षणमा भ्रष्ट्राचार संस्थागत गरिएको कुरा भ्रष्ट अर्थमन्त्रीको पुर्नर वहालीबाट प्रष्ट भएको एमाले झापाले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ । 

बिज्ञप्तीमा भनिएको छ ‘नेपाली जनताको मुल अन्तरविरोध रहेको विदेशी दलाल नोकरशाही पुजीपती वर्गको नेतृत्व नेपाली काग्रेसले गरिरहेको छ । राष्ट्रलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गराएर ‘सुखी नेपाली—समृद्ध नेपाल’ बनाउने परिकल्पना शोषण रहित समाजका साथ गरिएका बामपन्थी आन्दोलनको मुल बाधक नेपाली कांग्रेस नै हो ।’ त्यस्तै केही बामपन्थी पार्टीहरु राजनैतिक सोच, चिन्तन र विचारबाट स्खलित भएर नेपाली कांग्रेसलाई काँधमा बोकेर हिडिरहेका छन् । नेपाली कांग्रेसको नेतृत्वमा समाजवादी यात्रा सम्भव छैन, त्यसैले बामपन्थी आन्दोलनमा विश्वास राख्ने जोसुकैले पनि गम्भीर हुनुपर्ने अवस्था आएको छ ।’

एमालेले नेपाली कांग्रेस जस्तो दक्षिणपन्थी अवसरवादी शक्ति र नेकपा (एमाले) जस्तो परिवर्तनकारी क्रान्तिकारी शक्तिबिच कुन कित्तामा उभिने हो विवेकको प्रयोग गर्ने बेला आएकोले बामपन्थी परिर्वतनकारी एमाले ले उठाएको झण्डा मुनी गोलबद्ध हुन अपिल समेत गरेको छ । विभिन्न कालखण्डमा पार्टीबाट अलग भएका एमाले कार्यकर्ताहरुलाई घर फर्कन आह्वान गरिएको एमाले झापा अध्यक्ष दीपक कार्कीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।